वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व चतुर्दशी - १४
२०७२ सालको नेपालको संविधानको अनुसूची ४ बमोजिम नेपाललाई सातवटा प्रदेशमा विभाजन गरिए अनुसार साविकमा ५ नं. प्रदेश, भौतिक पूर्वाधार मन्त्रालयको मिति २०७४।१०।१९ मा स्थापना भई सो मातहत खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको नामले सञ्चालनमा आएको यस कार्यालय हाल लुम्बिनी प्रदेश सरकारको शहरी विकास तथा खानेपानी मन्त्रालय मातहतमा रही दाङ जिल्लाभर खानेपानी तथा सरसफाईको पूर्वाधार निर्माण कार्य तथा आधारभूत सेवा सुधारको लागि खानेपानी तथा सरसफाई कार्यालयको रुपमा काम गर्दै आइरहेको छ ।
सबै जनतालाई आधारभूत स्तरको स्वच्छ खानेपानी उपलब्ध गराउने राष्ट्रिय नीति अनुरुप खानेपानी तथा सरसफाई सम्बन्धी योजना/आयोजनाहरु सञ्चालन गर्नुका साथै खानेपानी मुहान सम्बन्धी विवाद समाधान गर्ने, योजना/आयोजनाहरुमा जनसहभागिता परिचालन गर्ने, पाइप जडान तथा विस्तार गर्ने, सरसफाई तथा स्वच्छता अभियान सञ्चालन गरी जनचासो र सुसूचित गराउने, नियमित खानेपानी आयोजनाहरुको अनुगमन निरीक्षण गर्ने तथा खानेपानी तथा उपभोक्ता समितिहरुको काम, कारबाही र सेवा सञ्चालनका सम्बन्धमा आवश्यक निरीक्षण, अनुगमन र नियमन समेतको कार्य गरिरहेको छ।